असार १३ काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीले नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, सम्बर्धन र प्रबर्धनको निम्ती अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ २०६९ सालबाट सुरुवात गरिएको अवार्ड कार्यक्रमलाई प्रत्यक बर्ष सञ्चालन गर्दै आईरहेको छ । सोहि क्रमलाई निरन्तरता दिन यस बर्ष पनि आफ्नो छैठौं संस्करण स्वरूप राष्ट्रिय लोक दोहोरीको छैठौ संस्करणको मनोनयन पत्र सार्वजनिक भएको छ ।

असार १२ गते एक पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै सोही संस्थाका अध्यक्ष पि.एन सापकोटाले गत बर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पत्रकार, सन्चार माध्यम र सम्बन्धित निकाय माझ सहयोगको आशा ब्यक्त गरेका छन् । रा.लो. तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा प्रवक्ता उत्तम सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस कार्यक्रममा निवर्तमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सदस्यहरु शिब हमाल, कुलेन्द्र बिक लगायत प्रतिष्ठानका बिभिन्न शाखाका पदाधिकारीहरु र बिभिन्न मिडियाका पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । यो अवार्ड असोज महिनामा सम्पन्न गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ । यसपाली ५ वटा सम्मान बिधा सहित ३२ वटा बिधामा अवार्ड बितरण हुने भएको छ ।

उक्त अवार्डको फर्म आज देखी सार्वजनिक भएको छ । फारम भर्न चाहनुहुने कलाकारहरुले उपत्यका समन्वय समितीको कार्यालय उत्तरढोका लालिम्पाट, मारुनी मालश्री स्टुडियो, पृज्म स्टुडियो, आलाप रेकडिंग स्टुडियो अनामनगर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय सामाखुसी अल नेपाल हस्पिटल अगाडि सम्पर्क गर्न सकिने छ ।

हामी संगीत सरोबरको तर्फबाट नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, सम्बर्धन र प्रबर्धनको निम्ती अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ बिगत पाँच बर्ष यता सम्पन्न हुँदै आएको लोक दोहोरी अवार्डको छैठौं संस्करण पनि निकै सब्य र भब्य रुपमा सम्पन्न होस् भन्दै सुभकामना ब्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया