नेपाली साँगितिक क्षेत्रमा रहरे लामो समय देखि नेपाली गित संगीतमा क्रियाशिल रहदै आएका बैतडी गुरुखोलामा गाउँपालिका वाड ८मा आमा मिना देवी भटट र बुवा विष्णुदत्त भटटको सन्तानको रुपमा जन्म लिनुभएका सर्जक नरेश चन्द्र भटट् हाल सम्मपनी निरन्तर रुपमा सागिँतीक क्षेत्रमा क्रियाशिल रहनुभएको छ । आफनो बाल्यकाल देखी नै संगीत प्रतिको आस्था र राम्रो पारिवारिक वातावरण पाउनुभएका उहाँ विशेष रुपमा नेपाली मौलिक सिर्जनाका साथै हिन्दी , भजन , कुमाउँनी गीत मन पराउनु हुन्छ । उहाले विस २०५० साल देखी २०६२ साल सम्म उनले आफनो आवाजको माध्यमबाट नेपाली लोकगीतको क्षेत्रमा विशेष योग्दान पुयाएका थिए । उहाँद्धारा कर्णाली अस्पताल मन हैगो चञ्चल गीत बजारमा ल्याउनुभएको थियो । मध्यम परिवारमा जन्मेर पनि आफनो भाग्य र साथीहरुको माया , प्रेम र हौसलाको श्रेयले उनी आजको स्थानमा आउन सफल भएको उहाँले बताउनुभयो । हाल सम्म उहाँका २०० बटा भन्दा बढी गीत रेकर्ड भएका छन । भने कतिपय बजारमा आउने तयारीमा रहेका छन । देउडा गीत , लोकदोहोरी , आधुनिक गीत धेरै मात्रामा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने ! अवस्थाबाट आफु कतिपनि विचलित नभएको उहाँले सुनाउनुभयो । सुरुवातका दिनहरुमा निकै कष्ट र व्यथा भोगेका उनले आफनो जिवनमा अलिकति पनि विचलित नभएर आफनो कर्ममा निरन्तर लागीपरिरहे । विभिन्न समस्याका बाबजुत पनि निरन्तर संगीतको क्षेत्रलाई आफ्नो धर्म र कर्म मान्दै अगाडी बढीरहेका छन । पेशागत रुपमा नेपाल प्रहरीमा रहेपनि उहाँमा संगीत प्रतिको मोड निकै रहेको छ । धोका दिने निष्ठुरी गायक हरिदत्त पन्तले गाएको अव बजारमा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँलाई आगामी दिनमा सफलता मिलोस हाम्रो तर्फबाट हार्दिक शुभकामना ।।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पुस १ र २ गते महानगर रोजगार मेला
विराटनगर ÷ रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रो...
पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी
विराटनगर २५ मंसिर । नेपाल पत्रकार महासंघको कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २८ गते महासंघको ...
कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन ...
इन्द्र तामाङ्गको शब्द र रेशम थिङ्ग अनि मदन भुसालको लयमा ‘हे मायाँ, बजारमा (भिडियो सहित)
काठमाण्डौ । नेपाली लोक दोहोरीका पारखीहरु माझ आफ्नो छुट्टै पहिचान जमाउँन सफल इन्द्र तामाङ्गको शब्द रेशम थिङ्ग अनि मदन भुस...
माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
झापा, मंसीर २३ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुन...
पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन
काठमाडौं – नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ। असन्तुष्टि प्...