बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ
झापा, २०८० चैत्र ०१ गते । झापाको गौरादह नगरपालिका-७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान था...

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ
संखुवासभा, २०८० फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्...

रोल्पामा बालिका बलात्कृत

रोल्पामा बालिका बलात्कृत
रोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–१, लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगरलाई प्रहरीले पक्रेको छ । उनले ती बालिकालाई अस्ति जबरजस्ती करणी गरेको बताइन्छ । अस्थायी प्रहरी पोष्ट सुर्पाल र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
विराटनगर, २०८० फागुन २४ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभि...

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा स...

अस्पतालको शौचालयमा नवजात शिशु

अस्पतालको शौचालयमा नवजात शिशु
विराटनगर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । अस्पतालको आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु ९छोरा० बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङका डिएसपी रञ्जन दाहालका अनुसार मृत शिशु भेटिएको हो । शिशु कसले र किन फाल्यो रु भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

ब्यारेकमै झुण्डिएका डिएसपीको ‘अन्तिम पत्र’ मा के छ ?

ब्यारेकमै झुण्डिएका डिएसपीको ‘अन्तिम पत्र’ मा के छ ?
झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल,नेपालका नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको साथबाट ‘सुसाइड नोट’ भेटिएको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको हो । नोटमा उनले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन् । आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउ...

ज्ञानमति राईको हत्या आरोपी सार्वजानिक

ज्ञानमति राईको हत्या आरोपी सार्वजानिक
विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भइ मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरी आज साँझ सार्वजानिक गरेको हो । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंग...

लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, २०८० फाल्गुन २२ गते । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्...

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते
धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रीबास नगरपालिका( १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को।२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका( १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको...