आगामी शनिबार ‘राइज नेपाल अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप-२०२५’ हुदै
काठमाडौं, १९ कात्तिक । राइज क्यालिस्थेनिक्स ललितपुरले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता आयोजना गरेको छ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोटडाँडा एग्रो रिसोर्टमा ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।
राइज क्यालिस्थेनिक्स ललितपुरका अध्यक्ष...














