नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।
...














