सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाबाट मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ ।
विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक ज्ञान र सीप बिना अब जतिसुकै अध्ययन गरे पनि रोजगारी नपाउने दाबी गर्नुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए चारवटै विषयमा डिग्री गरे पन...














