अलमुताइरीले गरे सम्झौता नवीकरण, अब तीन वर्ष नेपाल बस्ने

अलमुताइरीले गरे सम्झौता नवीकरण, अब तीन वर्ष नेपाल बस्ने
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो-लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो...

तरुण बिभाग द्वारा नेपाली फुुटबल टिमलाइ १ लाख एघार हजार पुरष्कार प्रदान गरिने(प्रेस बिज्ञप्ति)

तरुण बिभाग द्वारा नेपाली फुुटबल टिमलाइ १ लाख एघार हजार पुरष्कार प्रदान गरिने(प्रेस बिज्ञप्ति)
नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूूर्व मन्त्रि एवं तरुण विभाग प्रमुुख श्री शंकर भण्डारी ज्यूूले घोषणा गरे वमोजिम आज मिति २०७८ साल कार्तिक ३ गते राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक केन्द्रीय कार्यालय पानीपोखरीमा बसी गत मिति २०७८ असोज ३० गते माल्दीभ्समा सम्पन्न भएको साउथ एसीयन फुुटबल फेडेरेसन SAAF खेलमा नेपालको तर्फवाट खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरी नेपालको फुुटवल खेल ईतिहासको २८ बर्ष...

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता
असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ ...

तरूण बिभाग द्वारा नेपाली फुटबल टिमलाई १ लाख ११ हजार पुरस्कारको घोषणा

तरूण बिभाग द्वारा नेपाली फुटबल टिमलाई १ लाख ११ हजार पुरस्कारको घोषणा
साफ फुटवल प्रतियोगिताको फाइनलमा पुग्न सफल नेपाली फुटवल टिमलाइ नेपाली कांग्रेस तरुण बिभाग बाट रु १ लाख ११ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने कुरा नेपाली कांग्रेस केन्द्रिय सदस्य, पूर्व मन्त्रि एबम बिभाग प्रमुख शंकर भण्डारीले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ। उहाले खेलाडी, प्रशिक्षक तथा अफिसिय टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै आज हुन गईरहेकाे फाइनल खेलमा जितका लागि सफलताकाे शुभकामना समेत...

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे
काठमाडौँ। केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए। यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन। रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ। एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’ पछिल्लो ६/७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र ...

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्न...

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान
खोटाङ, २ असोज स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका...

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै
काठमाडौं, १ असोज आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले ड...

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
काठमाडौं, २९ भदौ आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी...

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, २८ भदौ आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भाव...