नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्यो
रमेश सुवेदी/न्युज कारखाना
काठमाडौं, २६ माघ
मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै हाफमा एक एक गो...














