नेपाल सुपर लिगमा ललितपुर र झापाले बराबरी खेले
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा झापाले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । योसँगै ललितपुर ६ खेलबाट १२ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेलबाट पाँच अङ्क बटुल्दै झापा तेस्रो संस्करणको एनएसएलबाट बाहिरिएको छ । झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खे...














