कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव - २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश ...