शाहरूखसँग फिल्म खेल्न पाएको भन्दै खुशी भए कार्तिक
बलिउड अभिनेता कार्तिक आर्यनले यतिबेला आफ्नो निकै ठूलो सपना पूरा हुँदै गरेको भन्दै असीमित खुसी छु भनेका छन् । आफू अभिनेता शाहरूख खानको निकै ठूलो प्रशंसक भएको र शाहरूखसँग फिल्म खेल्ने बाल्यकालदेखिको सपना बल्ल पूरा हुन लागेको यी अभिनेताले बताएका छन् ।
दोस्ताना–२, भुलभुलैया–२ जस्ता फिल्मको काममा व्यस्त रहेका यी अभिनेता यतिबेला शाहरूख खानसँग नयाँ फिल्ममा जोडिएका छन् । शाहरूखसँग नयाँ फिल्ममा पर्दा सा...