बडा दशैं आजदेखि प्रारम्भ
हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि देशभर धार्मिक आस्था, श्रद्धा र उल्लासका साथ प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १० दिनसम्म विभिन्न विधि–विधानका साथ मनाइन्छ ।
दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसअन्तर्गत घर–घरमा जमरा रोप्ने तथा देवी शक्तिको पूजाआराधना गर्ने परम्परा रहिआएको छ । यस दिनदेखि नै नवरात्र आरम्भ भई नौ दिनसम्म व...











