संविधानमा दिवसमा युवराजको देशभक्ति गीत सार्वजनिक
काठमाडौं, ०८० असोज ३ । युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् ।
काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । ...














