गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक
लन्डन । डायस्पोरा गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ ।
साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको उक्त गीत मान इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मार्च २६ तारी...














