गीतकार अमर वान्तुको ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक
काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत 'गर्मि भयो धरान' भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको छ। सय भन्दा बढी गीत लेखि सकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भई रहेका छन्।
भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जन...














