ठुला ब्यानर पछि लागे, को आउला अघि ?
कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमितहरुको मृत्युदर पनि बढेको छ । दैनिक रुपमा संक्रमित बढेको खबर आएको छ । यसले फिल्म क्षेत्रलाई तनाव दिन थालेको छ । फिल्म क्षेत्रका सुचारु हुन्छ भनेर आशा गर्ने ठाउँ फेरि निराशामा बदलिन थालेको छ ।
हल खोलेर पनि के चलाउने भन्ने तनावमा छन् हल संचालकहरु । हल संचालकहरुलाई नयाँ फिल्म तत्काल चलाउन सकिन्छ भन्ने छैन । चलिसकेका, टीभीमा आइसकेका फिल्म चलाएर के गर्नु ? निर...














