राजु बोहरा–काठमाडौँ । बाध्यता र विवसताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको पिंडादायिक भाव समाबेस गरेर भर्खरै मात्र अन्जिला फिल्म्स प्रालिले “परदेशी नेपाली” बोलको गीत सार्बजनिक गरेको छ । गीतमा रोशन राईको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी सुन्दा र यो गीतको म्युजिक भिडियो हेर्दा जो कसैको आँखा रसाउँन सक्छ । प्रस्तुत गीतलाई शब्द निरोज राई र अन्जन राईले लेखेका हुन् भने संगीत गायक स्वयम् रोशन राईले नै भरेका छन् ।
“परदेशी नेपाली” नेपाली बोलको गीतको म्युजिक भिडियोमा मनिष राउत र यमुना रशालको अभिनय देख्न सकिन्छ । उनीहरु द्वयको मन लोभ्याउने अभिनयले पनि यस गीतको वास्तविक भावलाई छर्लंग पारेको छ । भिडियोलाई निर्देशन अश्मित पोखरेलले गरेका हुन् भने छायांकन रोशन लुइँटेल र दुर्गा श्रेष्ठ साथै सम्पादन सुमन तामाङ्गले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।