हकप्रद सेयरमा ‘अनियमितता’, १ अर्ब कर असुल गर्न निर्देशन
हकप्रद सेयर मनोनयन र हस्तान्तरणमा नियम अनुसार आयकर असुल नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले १ अर्ब बढी कर असुल गर्न निर्देशन दिएको छ । महालेखाले आफ्नो ५७ औ प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न ४ कम्पनीसंग गरि १ अर्ब ३ करोड बढी कर असुल गर्न निर्देशन दिएको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १२ मा साविकको सेयरवालाले हकप्रद सेयर अन्य व्यक्तिले खरिद गर्न पाइने गरी मनोनयन गर्न...













