पुराना गायक गंगा बरदानको बर्षौ पुरानो “माया गर्ने बानी, उल्टै गर्छ हानी “, बोलको गीत चर्चित ब्याण्ड नेपथ्य ब्याण्डले चोरी गरि गाएको आरोप गीतका असली सर्जकले लगाएपछि नेपथ्यले युट्युब भिडियोकाे डिप्कृप्सनमा सुटुक्क भिडियोमा गंगा बरदानको नाम हालेको छ ।
नेपथ्यका अमृत गुरुङले कुनै समय स्टेजमा गाउन भनि सोधेको र पछि बिना अनुमति रेकर्ड गरेर एल्बममा निकालेको गायक तथा संगीतकार गंगा बरदान बताउँछन् । रेकर्ड नै गरेपछि आफुले नि भाइहरु भनेर छोडिदिएको तर अहिले आएर मात्र युट्युबमा राखिएको उक्त गीतको भिडियोमा आफ्नो नाम नरहेको तर रचना संगीतमा नेपथ्यको नाम रहेको थाहा पाएर नेपथ्यले बौद्धिक चोरी गरेको भन्दै आपत्ति जनाएका थिए ।
सोही समाचार सार्बजनिक भएपछि नेपथ्यले ‘म्यूजिक नेपाल’ तथा ‘नेपथ्यकाे’ दुवै युट्युब च्यानलमा रहेकाे साे भिडियो डिप्कृप्सनमामा गंगा बरदानको नाम समेटेको छ । नेपथ्यका गायक अमृत गाँउ गएका कारण उनीसँग सम्पर्क भएको छैन । तर उनको ब्याण्डका एक सदस्यले गंगा बरदानको नाम पहिलेनै हालेको बताउँछन् । उनले म्यूजिक नेपालले हालेकाे गीतमा बरदानकाे नाम छुट्नु आफ्नो सराेकार नरहेकाे र नेपथ्यकाे आफ्नो युट्युब च्यानलमा भने बरदानकाे नाम पहिल्यै देखिनै उल्लेख गरेकाे दावी समेत गरेका छन् ।
पूर्वेली न्यूजले समचार प्रकाशन गरे पश्चात दुवै च्यानलमा रहेकाे उक्त भिडियोकाे डिप्कृप्सनमा बरदानको नाम उल्लेख गरिएकाे छ। यध्यपी हालसम्म भिडियाे भित्र गंगा बरदानकाे नाम भने उल्लेख गरेकाे पाइदैन ।
उक्त गीत नेपथ्य ब्यान्डको रेशम नामक अल्बममा समावेश गरिएको छ र एल्बममा नाम दिईएको भएपनि क्यासेट तथा सिडीको प्रचलन हराइसकेको अहिलेको डिजिटल युगमा नेपथ्यले बनाएको अफिसियल भिडियोमा नै स्रस्टाको नाम हटाईदिनु नेपथ्य ब्याण्ड तथा मुख्य गायक अमृत गुरुङको बदमाशी देखिन्छ । बरदानले स्थापित गायकबाट नै आफु पिडित भएको समेत बताए ।
बरदान भन्छन, मैले त भाइ सम्झेर दिएको स्टेजमा गाउन तर उसले गीत नै रेकर्ड गर्यो , त्यहाँ सम्म ठिक छ तर युटुवमा राखिएको भिडियोमा नाम नै मेटाएर आफ्नो बनाईएको छ । अहिले समाचार आएपछी भिडियोको तल रचना तथा संगीतमा नाम त आयो तर भिडियो भित्र त छैन । यत्रो बर्ष भयो भिडियो रिलिज भएको टिभी लगायत धेरै ठाँउमा बज्यो पनी, यतिको बर्ष गलत सुचना गयो नी, आम जनमानिसमा । मैले आफ्नो रचना संगीत मेरै हो भन्न, न्यान पाउन मिडिया नै गुहार्नु पर्ने । उसले गल्ती नस्विकारी सुटुक्क नाम परिवर्तन गरेकोमा अझै दुख लागेको छ ।