पिठोको पोकामा पैसा राखेर बाँड्ने म होइनः आमिर खान
बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् ।
अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त्यसमा भारु १५ हजारका दरले राखेर बाँडेको भन्ने खबर भाइरल भएको थियो ।
त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने...













