‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’
नायिका स्वस्तिमा खड्काको आजसम्मको करिअरमा सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल चलचित्र ‘बुलबुल’ले विदेशमा आयोजना भएका विभिन्न महोत्सवमा पनि अवार्ड प्राप्त गरिरहेको छ ।
यसैविच, यो चलचित्रले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त गरेको हो...














