विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा
विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ विराटनगरको जलजला चोकमा सञ्चालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ।
डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल तथा अन्य बिभिन्न डान्स शैलीको प्रशिक्षण प्रदान ...














