भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
काठमाण्डाै – चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो ।
भूकम्पले ठूलो क्षति नपुर्याए पनि सामान्य क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले ६ वटा घरमा क्षति पुगेको जनाएको छ ।
यसैगरी का...














