सेयरबजारमा दोहोरो अंकको उकालो, नवनियुक्त अध्यक्षलाइ हरियाली स्वागत
काठमाडाैं, ११ मंशिर । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि सेयर बजार उकालो लागेको छ ।
हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयरबजार उकालो लागेको हो ।
नयाँ अध्यक्ष पाएको पहिलो दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर...














