दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
काठमाण्डौ – दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको ...














