विराटनगर १० नम्बर वडाद्वारा कर्मचारी सम्मानसँगै भवनको उद्घाटन
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।
वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत हुनुहुन्थ...














