बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ
काठमाण्डाै – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदसहित १७ जना पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्‍यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो । प्रदर्शनका...

ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’
काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहे...

साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्री रोकियो

साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्री रोकियो
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको छ । अस्ति आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या ...

अनमोलको ‘जेरी अन टप’को छायांकन सुरु

अनमोलको ‘जेरी अन टप’को छायांकन सुरु
नायक अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेसँगै फिल्मको अफिसिय छायांकन सुरु गरिएको हो । यो फिल्मको शुभमुहूर्त कार्यक्रममा अनमोलसँगै केदार घिमिरे (माग्ने बुढा), विपना थापा, आँचल शर्मा, जसिता गरुङ लगायतका कलाकारहरुको उपस्थिति थियो । फिल्मका कलाकारहरुले मुहूर्तअघि बगलामुखी मन्दिरमा विशेष पूजाआजा गरेका थ...

भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे

भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ...

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक
काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ । गीत प...

डि. आर. अटुको शब्द तथा सङ्गीतमा ‘साइँली’ सार्वजानिक

डि. आर. अटुको शब्द तथा सङ्गीतमा  ‘साइँली’ सार्वजानिक
किसन राईको स्वरमा रहेको गीत 'साइँली' सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

राजु लामाको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक

राजु लामाको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक
काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्र...

१७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दै

१७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दै
काठमाण्डौ – १७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल राति साढे ८ बजे कतारको हमाद बीन खालिफा स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा जापानसँग ९–२ र दोस्रो खेलमा कतारसँग ५–० गोलले पराजित भएको नेपाल एशियन कपमा छनोट हुन असफल भइसकेको छ । मङ्गोलिया पनि छनोट हुन सकेन । यो समूहबाट जापान र आयोजक कतार एशियन कपमा छनोट भएका छन् ।

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित  १२ जना  पक्राउ
विराटनगर, कार्तिक ११ गते । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बे...