इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका
 तेहरान, २०८२ असार ७ गते शनिबार । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई पक्राउ गरेको फार्स समाचार एजेन्सीले जनाएको छ । पक्राउ पर्नेहरु जियोनिस्ट शासनको जासुसी नेटवर्कसँग सम्बन्धित छन् र उनीहरु जनमत विरुद्धको अपराधमा संलग्न रहेको आरोप लागेको समाचारमा भनिएको छ । यसअघि, तस्नीम समाचार एजेन्सीले बिहीबार, इजरायलको लागि जासुसी गरेको र देशको छवि बिगार्न खोजिरहेको...

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल   

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल   
काठमाण्डू, २०८२ असार ७ गते शनिबार । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउ...

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु   

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु   
याउण्डे, २०८२ असार ७ गते शनिबार । चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, झडपमा १६ जना घाइते भएका छन्। झडपमा संलग्न आक्रमणकारीहरूले भाला, कुटा र अन्य हतियार प्रयोग गरेका थिए। सरकारका जनरल डेलिगेट अब्देलमाने खताबले शुक्रबार घटनास्थल पुगेर सुरक्ष...

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो   

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो   
जेरुसेलम, २०८२ असार ७ गते शनिबार । इजरायली सुरक्षाकर्मीहरूले दक्षिण लेबनानको नकौरा नजिक हिजबुल्लाह समूहको एउटा स्थलमा आक्रमण गरेका छन्। यसअघि, इजरायली परराष्ट्र मन्त्रीले हिजबुल्लाहलाई ईरान-इजरायली युद्धमा भाग लिन नदिने चेतावनी दिनुभएको हो। सेनाले भने, "हामीले रातभरि नकौरा नजिक रहेको हिजबुल्लाहको संरचना स्थलमा आक्रमण गरेका छौं।" त्यो स्थल हिजबुल्लाहले इजरायली नागरिकविरुद्ध आतंककारी गतिविधि गर्न प...

इरानमा रहेका नेपालीको उद्धार गरिँदै   

इरानमा रहेका नेपालीको उद्धार गरिँदै   
 काठमाण्डू, २०८२ असार ७ गते शनिबार । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राससलाई बताउनुभयो । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उहाँले त्यसप्रति भारत सकारात्मक रहेको बताउनुभयो । परराष्ट्रमन्त्री डा. राणाले भन्नुभयो, “इरानमा के...

  गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना   

  गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना   
ब्रसेल्स, २०८२ असार ७ गते शनिबार । इजरायलले गाजामा गरेको क्रियाकलापहरूले मानव अधिकारको उल्लंघन गर्न सक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ब्रसेल्समा सञ्चार माध्यमहरूले शुक्रबार जनाएअनुसार, यसले युरोपेली संघसँगको व्यापार सम्झौताका मानव अधिकार सम्बन्धी प्रतिबद्धता उल्लंघन गर्न सक्ने देखिएको हो । यी जानकारीहरू युरोपेली संघको कूटनीतिक सेवा द्वारा गोप्य रुपमा तयार पारिएको समीक्षा प्रतिवेदनमा...

  चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते   

  चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते   
चितवन, २०८२ असार ७ गते शनिबार । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतप...

महेश्वरी महिला मन्चद्धारा जुत्ता मोजा तथा शैक्षिक सामाग्री वितरण

महेश्वरी महिला मन्चद्धारा जुत्ता मोजा तथा शैक्षिक सामाग्री वितरण
विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले सामुदायिक सेवा अभिवृद्धि गर्ने उद्देश्यले जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेको छ। विद्यालय परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच १९८ जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको मञ्चकी अध्यक्ष ललिता जाजुले जानकारी दिइन । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सहयोग र सेवा भावनाको सन्देश प्रवाह गरेक...

पोखरिया माविमा एकै दिन तीनवटा कार्यक्रम

पोखरिया माविमा एकै दिन तीनवटा कार्यक्रम
विराटनगर ÷ विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको सदुपयोग’ शीर्षकमा उत्कृष्ट विचार राखेर पोखरिया माविकी छात्रा सिम्रन मैनाली द्वितीय हुँदा सत्यनारायण माविकी ...

मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम वढिरहेको –मुख्यमन्त्री कार्की

मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम वढिरहेको –मुख्यमन्त्री कार्की
मोरङ,६ असार ः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विकास निर्माणका संरचना मानवीय त्रुटिकाकारण मनसुनजन्य विपतको वढीरहेकोे बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्वाद कार्यक्रमको उद्घाटन गर्दै उहाँले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक निर्माण कार्य अघि वढाएको कारण मनसुन विपदको जोखिम देखिने गरेको धारणा राख्न...