देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्याउन निर्देशन दिनुभएको छ । पुटिनले रुसका सेनाको सङ्ख्या एक लाख ८० हजार जना थप गरेर १५ लाख पुर्याउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ ।
१५ लाख जना सेना पुगेमा रुस चीनपछि सबैभन्दा धेरै सेना भएको देश बन्नेछ । पुटिनको निर्देशन पूर्ण पालना भएमा त्यहाँ सक्रिय सेनाको सङ्ख्या भारत र अमेरिकाभन्दा पनि धेरै हुनेछ । रुसमा सबैखालका...














