सहकारी बचत रकम दुरुपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ पेस पेश गर्नुभएको हो । संसदमा प्रतिवेदन पेश गर्नुअघि समितिले प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत राखेका छै...














