स्मृति इरानी पराजयन्मुख

स्मृति इरानी पराजयन्मुख
काठमाडौँ । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् । गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख ४५ हजार मत प्राप्त गरिसकेका छन् भने स्मृति इरानीले अहिलेसम्म तीन लाख १६ हजारभन्दा बढी मत पाएकी छिन् । यस अघि स्मृति इरानीले यसै क्षेत्रमा राहुल गान्धीलाई हराएर सनसनी मच्चाएकी थिइन...

आर्थिक सल्लाहकारमा डा सुवेदी नियुक्त

आर्थिक सल्लाहकारमा डा सुवेदी नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा मोहन सुवेदीलाई नियुक्त गर्नु भएको छ। महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गर्नु भएको छ। डा सुवेदी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिसक्नु भएको छ। मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस ...

जेठ २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जेठ २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । ...

प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने(माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की

प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने(माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की
बिराटनगर, जेष्ठ २१ गते । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले आज बिहान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रस्तुतिकणको अवलोकन गर्नु भएको छ भने कार्यरत सम्पु...

विराटनगरको सडक सौन्दर्यकरणका लागि रकम जुट्ने क्रम जारी

विराटनगरको सडक सौन्दर्यकरणका लागि रकम जुट्ने क्रम जारी
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । सोमबार सानिमा बैंक लिमिडेटले २ लाख रुपैयाँ जम्मा गरेको छ । सोमबार महान...

निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ
काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ । गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुर...

लुम्बिनीको नीति तथा कार्यक्रम सार्बजनिक

लुम्बिनीको नीति तथा कार्यक्रम सार्बजनिक
काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा ...

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो। उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।  

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी
काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।   युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।   भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए । २३ बर्षिय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ ख...

ओइ गनगन भाग १ संगै भाग ३ ले पनि श्रोता तथा दर्शकको मायाँ बटुल्दै (भिडियो सहित)

ओइ गनगन भाग १ संगै भाग ३ ले पनि श्रोता तथा दर्शकको मायाँ बटुल्दै (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायिका प्रतिमा अर्यालले भर्खरै मात्र लोक दोहोरी गीत "ओई गनगन ३" बजारमा ल्याएकी छिन् ।  कयौं गीतहरुमा आफ्नो सुमधुर स्वर भरेता पनि ओइ गनगन, भाग १, उनलाई परिचित गराउने गीत हो । भाग १ सार्वजनिक हुनुपूर्व नै टिकटक लगायत विभिन्न माध्यमबाट अशंख्य श्रोता तथा दर्शकहरुले मन पराएका थिए । भिडियो सार्वजनिक भएपछी पनि उक्त गीतको युट्युब भ्युज २० लाख ४७ हजार माथि पुगेको छ । ओई गनगन भाग १ ल...