काठमाण्डौ । लोकप्रिय गायिका प्रतिमा अर्यालले भर्खरै मात्र लोक दोहोरी गीत “ओई गनगन ३” बजारमा ल्याएकी छिन् ।  कयौं गीतहरुमा आफ्नो सुमधुर स्वर भरेता पनि ओइ गनगन, भाग १, उनलाई परिचित गराउने गीत हो ।

भाग १ सार्वजनिक हुनुपूर्व नै टिकटक लगायत विभिन्न माध्यमबाट अशंख्य श्रोता तथा दर्शकहरुले मन पराएका थिए । भिडियो सार्वजनिक भएपछी पनि उक्त गीतको युट्युब भ्युज २० लाख ४७ हजार माथि पुगेको छ । ओई गनगन भाग १ ले जति सफलता प्राप्त गर्यो त्यति भाग २ ले सफलता प्राप्त गर्न सकेन ।  भाग २ को अहिले सम्मको भ्युज करिव ८ लाख रहेको छ । अब हेर्न बाँकी छ ओई गनगन भाग ३ रिजल्टको ।

प्रस्तुत गीतलाई लय सुफिक्स मदनले तयार पारेका हुन् भने शब्द संगम थापाको रहेको छ ।  गीतमा प्रतिमा अर्याल र संगम थापाको स्वर सुन्न सकिन्छ । गीतको संयोजन निकै लोभ लाग्दो ढङ्गले गरिएको छ । त्यसैले पनि यस गीतको युट्युब भ्युज पहिलेपछी दोस्रो झैं नघट्नेमा आशा गर्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक र खर्चालु ढङ्गबाट तयार गरिएको छ । भिडियोमा जी बि चिरन, आयुष्मा कार्की, प्रतिमा अर्याल, ओमराज थापा, हिराकाजी सेन्चुरी,रामकुमार महत, बिनिता दाहाल, मनोहर भट्टराई, श्याम सुन्दर तिमल्सिना, दिपेश जङ्ग सेन्चुरी, अजित लामा लोप्चन, बिजय महत, सुरज थापा, सुबर्ण थापा, अशोक खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

स्थायी घर मकवानपुर भएकी गायिका प्रतिमाले हाल सम्म दर्जनौ गीत बजारमा ल्याएर ख्याती कमाईसकेकी छिन् ।  उनको यो पछिल्लो प्रस्तुति ओई गनगन ३, को म्युजिक भिडियोलाई मिलन श्रेष्ठ र उमेश कार्की यु केले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना अनि सम्पादन रोशन धितालले गरेका छन् ।  गीतलाई प्रतिमा अर्याल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया