सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो
काठमाडौँ । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि जिब्रो छेडेका थिए ।
सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार...














