फिल्म ‘पुजार सार्की’ मा अन्जना र प्रतिक्षा

फिल्म ‘पुजार सार्की’ मा अन्जना र प्रतिक्षा
दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म 'पुजार सार्की' मा अभिनेत्री अन्जना बराइली र प्रतिक्षा लिम्बु अनुबन्धित भएका छन्। सोमबार निर्माण टिमले उनीहरूको तस्बिर सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध गराएको जानकारी दिएका हुन्। यसअघि फिल्ममा अभिनेता आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अनुबन्धित भइसकेका छन्। अभिनेत्री अन्जनाले 'महापुरूष' मा अभिनय गरेकी थिइन् भने प्रतिक्षाले 'जारी' र 'छक्का पन्जा ४' म...

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह
काठमाण्डाै - विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले ज...

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो
काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ...

तीन दिने कुस्ती प्रतियोगिता सुरु

तीन दिने कुस्ती प्रतियोगिता सुरु
सप्तरी पुस २ गते । सप्तरीको रुपनी गाउँपालि –५ स्थित बसविट्टी गाउँमा सोमवारदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाहपञ्चमी महोत्सव २०८० को सन्दर्भ पारेर बसविट्टी गाउँमा कुस्ती प्रतियोगिता सुरु भएको हो । कुस्ती आयोजक समितिका संयोजक चित्तरन्जन यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, प्रमुख जिल्ला...

आजको राशिफल : वि.सं. २०८० पौष ०३ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ०३ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ । वृष– स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ...

पाथीभरा मन्दिरमा भक्तजनले चढाए ९८ तोला सुन र ९२ किलो चाँदी

पाथीभरा मन्दिरमा भक्तजनले चढाए ९८ तोला सुन र ९२ किलो चाँदी
ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ। पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए। उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन। यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। चाँदीसमेत रिफाइन गरिएको छैन। गत वर्...

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो
कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो । ब्रा सलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको कुँवरले बताए । ‘महोत्सवमा त्यो दिन एक लाख बढी...

छोरीको स्कुलमा अमिताभ-अभिषेकलाई पिठ्यू फर्काउँदै साहरुख-करणसँग नाचिन् ऐश्वर्या

छोरीको स्कुलमा अमिताभ-अभिषेकलाई पिठ्यू फर्काउँदै साहरुख-करणसँग नाचिन् ऐश्वर्या
काठमाडौं । बलिउडको सबैभन्दा ठूलो घरानाका रुपमा परिचित बच्चन परिवारमा अहिले कोलाहलपूर्ण माहोल छ । अभिषेक बच्चन र ऐश्वर्या राय डिभोर्सको संघारमा छन् । पारिवारिक कलहको बाछिटा सार्वजनिक रुपमा समेत पोखिन थालेको छ । हालैमात्र अभिषेक ऐश्वर्याकी छोरी पढ्ने धिरभाइ अम्बानी इन्टरनेशनल स्कुलको वार्षिकोत्सव समारोह थियो । यो स्कुलमा थुप्रै बलिउड हस्तीका छोराछोरी पढ्छन् । साहरुख खानका छोरा अब्राम र करिना ...

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै
काठमाडौं, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन् ।

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर
रासस। नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्। अभिनयलाई करियर बनाउन चाहनेको सङख्या पनि बढ्दो पाइएको छ। यस वर्ष मात्र नयाँ अनुहारहरू पहिलो पटक पर्दामा देखिंदैछन्। अर्थात् चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन्। डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्ट ल...