सप्तरी पुस २ गते । सप्तरीको रुपनी गाउँपालि –५ स्थित बसविट्टी गाउँमा सोमवारदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाहपञ्चमी महोत्सव २०८० को सन्दर्भ पारेर बसविट्टी गाउँमा कुस्ती प्रतियोगिता सुरु भएको हो ।

कुस्ती आयोजक समितिका संयोजक चित्तरन्जन यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, प्रमुख जिल्ला अधिकारी किरण थापाले कुस्ती खेलाडिसँग हात मिलाएर संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

सोमबारको खेलमा नेपालका हरिहर पहलमान, भारतका हलचल पहलमान, नेपालका बाबा रामदेव, भारतका भिम पहलमान र नेपालका सैतान सिंह, भारतका बाबारसिंह पहलमानविच प्रतिस्पर्धा भएको छ ।

यो प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ भने यसमा नेपालका चर्चित कुस्ती खेलाडी वसन्त थापा, देवा थापा, बाबा पहलमानलगायत नेपाल तथा भारतका चर्चित पहलमानको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा कुल २५ जोडीविच प्रतिस्पर्धा हुनेछ भने नेपाल र भारतका गरी दुई जोडि महिला पहलमानको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया