आधा दर्जन फिल्मको धमाधम छायांकन
नेपाली फिल्मले कमजोर व्यापार गरेको समीक्षा हरेक बर्षको अन्त्यमा हुने गरेको छ । तर, फिल्मको निर्माणको क्रम भने घटेको छैन । आउँदो बर्ष रिलिज गर्ने गरि निर्माताहरु धमाधम फिल्मको छायांकन गरिरहेका छन् ।
फिल्म ‘जय हो’को छायांकन केही दिन अगाडिबाट पोखरामा भैरहेको छ । सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको फिल्मको छायांकन पोखरा र मुस्ताङमा हुनेछ । शोभित बस्नेतक...













