शेयर बजार : नयाँ उचाईमा नेप्से, ९ अर्ब बढीको कारोबार, यी ११ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीको बृद्धि
काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । महामारीबीच पनि लगानीकर्ताहरूको उच्च मनोबलका कारण यस दिन नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । सोमबार नेप्से २०.७१ अङ्क अर्थात ०.७६ प्रतिशतले बृद्धि भई २ हजार ७५९.२२ बिन्दुमा पुगेर थामिएको छ ।
ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अङ्कले बढेर ४९२.५९ बिन्दुमा पुगेको छ ।
कूल २१८ ओटा कम्पनीको कार...