प्रियंकाविरुद्ध लखनउमा प्रदर्शन

प्रियंकाविरुद्ध लखनउमा प्रदर्शन
मुम्बई, २२ कात्तिक अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ । अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंका पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन् । प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन् । हाल उनी लखनउमा छिन् । ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन् । लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् ।...

कान्तराका कलाकारको पारिश्रमिक कति ?

कान्तराका कलाकारको पारिश्रमिक कति ?
मुम्बई, २१ कात्तिक दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहीतही छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ । फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले क...

आज वि.सं.२०७९ साल कार्तिक २३ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल कार्तिक २३ गते बुधबारको राशिफल
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष–आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । ...

बेनिशाको बेहुली बन्ने सपना

बेनिशाको बेहुली बन्ने सपना
काठमाडौँ। मंसीर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृति अनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ ।...

‘यो सास अल्झियो’ भिडियो

‘यो सास अल्झियो’ भिडियो
काठमाडौँ। गायिका तथा संगीतकार परिचय बनाउन सफल सुशिला बरालका ‘जुनिजुनी तिम्रै हुन मन छ है माया’ ,’तिमीले हेरेर मलाई पुग्ने भए’ जस्ता गीतले दर्शक श्रोताको मन जितेका छन्। उनको नयाँ गीत ‘यो सास अल्झियो’ भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा स्वर,शब्द तथा संगीत बरालकै रहेको छ। महाराज थापाले संगीत संयोजन गरेको गीत मेलोडीयस बनेको छ। निरन्तर संगीत क्षेत्रमा काम गरि रहेकी बरालका अझै केहि नयाँ ...

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आग...

अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी

अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी
काठमाडौं, कात्तिक २१ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ । सोमबार कलाकारहरुसँग आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अँध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरुलाई उम्मेदवारहरुको सही सूचना दिन...

‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ । चलचित्र ‘द सोल अफ कमान्डो’मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन्...

जनप्रतिनिधिलाई उल्लेखनीय काम गर्न उर्जा दिने गीत सार्बजनिक (भिडियो सहित)

जनप्रतिनिधिलाई उल्लेखनीय काम गर्न उर्जा दिने गीत सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ कार्तिक २१ - नेपाली गीत संगीतमा आएको बिकृति र विसंगतिलाई पखाल्न राष्ट्रिय चेतनशिल कला संरक्षण नेपाल, गठन भएको छ । यसै संस्थाबाट आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा "हर्क साम्पाङ्ग जस्तो मेयर चाहिन्छ" बोलको गीत पनि सार्बजनिक भएको छ । राष्ट्रिय चेतनशिल कला संरक्षण नेपालले गीत संगीतमा आएको बिकृति र विसंगतिलाई पखाल्ने मात्र होइन समाजमा उल्लेखनीय काम गर्नेहरुलाई थप प्रोत्साहन पनि गर्ने गर्...

एपिक नेपाल म्युजिक अवार्ड– २०७९ घोषणा’

एपिक नेपाल म्युजिक अवार्ड– २०७९ घोषणा’
कार्तिक २१ काठमाण्डौ । प्रियसी म्युजिक प्रा.लिको आयोजनामा हुने चौथो एपिक नेपाल म्युजिक अवार्ड– २०७९ यस बर्ष पनि निकै धुमधामको साथमा सम्पन्न हुने भएको छ । सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा हुने उक्त कार्यक्रमका बारेमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलनबाट उक्त चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन फारम खुल्...