‘तिमी पहिले’ मा रोमान्टिक ऋचा र दिब्यदेव

‘तिमी पहिले’ मा रोमान्टिक ऋचा र दिब्यदेव
काठमाडौं,१ कार्तिक । गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ । दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मको यो गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द,संगीत छ । साकार पन्त निर्दे...

हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक

हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक
रंग पत्रकारितामा कलम चलाउदै आएका भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो । समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मकशैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ । ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढि उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्षने तर,चुनावको समयमा गाउँपस्ने कुरालाई व्यङ्ग्य ग...

सत्यमोहन जोशीको शब्द र सन्तोषको स्वर सङ्गीतमा `माया रानीलाई´

सत्यमोहन जोशीको शब्द र सन्तोषको स्वर सङ्गीतमा `माया रानीलाई´
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्द रहेकाे गीत`माया रानीलाई´सार्वजनिक भएकाे छ । विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा `माया रानीलाई´ सार्वजनिक गरिएको हाे । शताब्दी पुरुषसँग साङ्गीतिक सहकार्यको क्रममा वि.सं. २००१ मा लेख्नुभएको गीत ‘माया रानीलाई’ ७८ वर्षपछि रेकर्ड गराईएको हो तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै उहाँको असामयिक निधन भयो । वाङ्मय शताब्दी पुरुष...

‘महापुरूष’ले सकायो मोफसल भ्रमण, दर्शकको मायाले दंग हरिवंश

‘महापुरूष’ले सकायो मोफसल भ्रमण, दर्शकको मायाले दंग हरिवंश
भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरूष’ले मोफसल केन्द्रित प्रचार अभियान सकाएको छ । असोज २५ मा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल यात्रा असोज ३० गते पोखरामा सांगीतिक कार्यक्रम गर्दै सकिएको हो । अब फिल्मको टिम काठमाडौं केन्द्रित प्रचारमा जुटेको छ । मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै ...

बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका
धरान। दशैँ -तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथ...

– मीलन ट्रेलरः सलोन, कुशल र शिल्पा बिचको प्रेम र बिछोड

– मीलन ट्रेलरः सलोन, कुशल र शिल्पा बिचको प्रेम र बिछोड
३१ असोज, काठमाडौं । चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँ...

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
काठमाडौै, ३१ असोज । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् । उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । ...

जोशीको शव अध्ययनका लागि किस्ट अस्पताललाई हस्तान्तरण

जोशीको शव अध्ययनका लागि किस्ट अस्पताललाई हस्तान्तरण
काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएकाे छ । जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । उहाँकाे पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्ज...

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव काठमाण्डौ र सुर्खेतमा

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव काठमाण्डौ र सुर्खेतमा
काठमाण्डाै - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ । नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो। महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाण्डाैकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच ...