गुल्मीको डहरे खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो

गुल्मीको डहरे खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो
गुल्मी । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो । बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । ...

विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहिबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतम...

बढीपहिरोमा परी १०१ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता

बढीपहिरोमा परी १०१ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता
काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् ...

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय
विराटनगर, विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् । एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान पास गराउने गरेको खुलासा भएको छ । बाबु गुलाबको निर्देशनमा छोरा ...

राशिफल वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अक्टोबर २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, चन्द्रास्त : बिहान ०७:०१ बजे र चन्द्रोदय : साँझ ०६:२५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, पोखरा, कास्की, नेपालमा...

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । आठ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन् । उनले मौसमले केही ...

कलाकार संघको दशैं शुभकामना आदान–प्रदान कार्यक्रम तथा टिका ग्रहण

कलाकार संघको दशैं शुभकामना आदान–प्रदान कार्यक्रम तथा टिका ग्रहण
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले २०७६ सालदेखि महान चाड बडा दशैंको अवसर पारेर आयोजना गर्न थालेको बडा दशैं, तिहार, नेपाल संबत् तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा नवदुर्गा भवानीको प्रसाद ग्रहण गरिएको थियो । नेपाल चलचित्र कलाकार संघले एक–आपसमा आत्मियताका साथ आफन्तको अनुभुति गराउने र कलाकारहरुबीच एक–अर्काप्रति सद्भाव, सदाचार एवं भाईचारा बढाउन यस प्रकारको...

धार्मिक सहिष्णुता लागि आव्हान-नेता शंकर भण्डारी

धार्मिक सहिष्णुता लागि आव्हान-नेता शंकर भण्डारी
विश्वले आपसी भाईचारा, सहअस्तित्व र सहकार्यलाई सभ्यताको प्रतिकको रुपमा लिएको छ । आपसी सद्भावले विश्वलाई सुन्दर र शान्त बनाउँछ । अहिलेको पुस्ताले फुटको होइन जुटको र घृणाको होईन आपसी प्रेम र सद्भावको चाहना राखेको छ । हरेक व्यक्ति स्वतन्त्रतापूर्वक आफ्ना गतिविधिहरु गर्न रुचाउँछ । आफ्नो देशमा आफू पूर्ण सुरक्षित रहेको महशुस गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । विगत केहि समयदेखि मित्रराष्ट्र बं...

यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो

यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो
काठमाडौँ- युट्युब चलाउँदै गर्दा हामीलाई कतिपय भिडियोहरू मन पर्न सक्छ र यस्ता भिडियोहरू डाउनलोड गरेर राख्न चाहन्छौँ तर सबै ठाउँमा डाउनलोड अप्सन हुँदैन । तपाईंलाई यहाँ आज इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैँछौं । जस्तै युट्युब, टिकटक, ट्वीटर तथा फेसबुक जस्ता सोसल साइटमा भएका भिडियो उच्च गुणस्तरको डाउनलोड गर्नको लागि केही साधारण स्टेप फलो गर्नुभयो भने तप...

देशभर आज पनि निरन्तर वर्षा हुने, पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

देशभर आज पनि निरन्तर वर्षा हुने, पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेख...