पललाई तनाव !
कोरोनाका कारण जारी लकडाउनको समयमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली कलाकार को होला ? जो कोहीले यसको जवाफ फ्याट्ट दिन सक्छन्- पल शाह । लकडाउन खुकुलो भएपछि उनले म्यूजिक भिडियोबाट लाखौं छापे । फिल्म र म्यूजिक भिडियोमा राम्रो माग भएका उनले लकडाउन भएयता दुई दर्जन बढी भिडियोमा अभिनय गरेका छन्, जुन यूट्युबमा रुचाइएका पनि छन् ।
कोरोनाको संक्रमणबाट बच्न लकडाउन भएपछि फिल्म निर्माण र प्रदर्शन रोकिएको छ । ज...













