प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो
अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ ।
प्रदीप र दिनेश एकअर्कासँग काम गर्न तयार भएपछि उनीहरुबीच विभिन्न कन्सेप्टमा कुराक...