मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?
तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ बाट आफूलाई निर्देशकको रुपमा स्थापित गरेका मीनबहादुर भाम गएको २ वर्षदेखि एक फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘चिसो वर्ष’ जुराइएको छ । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ ।
निर्माण नहुँदै यो फिल्मको पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैया...