असारे गीत

असारे गीत
असारे मासको दबदबे हिलो लाईदिऊँ कि माथमा दोहोरी गाउने समय भयो कोही छौ कि साथमा खेतमा भरी वारि र पारि रोपाइँ गर्दै छन् रोपेर बिऊ धर्तीमा आज रमाइलो गर्दैछन् ब्याडे र बाउसे हतार हतार काममा जुट्दै छन् असारे गीत धन्कियो हेर रोपाइँको साथमा नाच्न र गाउन रोपार लागे बिउ बोकी हातमा हलि र बाउसे होहो गर्दै रम्दैछन् खेतमा । नमोबुद्ध नगरपालिका वडा नं. ४ सम्पर्क M ९८४१००५०१०

यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या

यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या
दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् । ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जेनुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले...

‘हेलाहरु बीच मुस्कुराइरहने माया’

‘हेलाहरु बीच मुस्कुराइरहने माया’
घाम अस्ताउन लागेको छ।पश्चिम दिशाबाट अस्ताउन लागेको रातो घामको किरणले ठुल्ठुला घरका छानाहरुलाई स्पर्श गर्दै भोलि फेरि भेट्ने बाचाका साथ बिदा लिराखेको झैँ भान हुन्छ भने गल्ली गल्ली चोकहरुमा बाल बालिकाहरु स्कुलबाट फर्किसकेर साथीहरुसीत रमाउदै हल्ला गर्दै खेलिरहेका हुन्छन।त्यस मध्ये नौ दश बर्षकी माया पनि आफ्ना साथीहरु सित रमाउदै खेलिराखेकी हुन्छिन।अनायास तिनलाई रुघाखोकीको ज्वरोले थला परिरहेकी आमाको याद...

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि रहस्यमय

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि  रहस्यमय
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, र...

सत्ता सङ्घर्षमा अल्मलिएको सङ्घीयता

सत्ता सङ्घर्षमा अल्मलिएको सङ्घीयता
विनोदकुमार शाह सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता नेपालको संविधानका मूल मर्म हुन् । यी अवधारणाको कार्यान्वयनबाट समाजवादमा जाने मार्ग सुनिश्चित हुने अपेक्षा गरिएको छ । तर, अहिले सङ्घीयता र धर्म निरपेक्षताका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् । सङ्घीयता कार्यान्वयनमा देखिएका विकृति र विसङ्गतिहरूले यसको सान्दर्भिकतालाई शङ्काको घेरामा ल्याइदिएको छ । सङ्घीयता कार्...

तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!

तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!
२८ मे १८५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि । मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो। हामी सगरमाथामा सबभन्दा पहिले नेपाली पुग्यो भन्ने गौरवले ज्यादै उत्तेजित थियौं । जुद्दोदय स्कूलबाट स्वागतगानका...

रहेनन सञ्चार उद्यमी चन्द्र न्यौपाने

रहेनन सञ्चार उद्यमी चन्द्र न्यौपाने
विराटनगर- सफल एवं प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरी घर भएका ५० वर्षीय न्यौपानेको बिहान ८ः२५ बजेतिर निधन भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो । न्यौपानेला...

साताको साहित्य

साताको साहित्य
कवि परिचय ः काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ मा जन्मी त्यहाँको वस्तुस्थितिलाई नजिकबाट अंगाली आफू एक साधारण जाििगरे पेशामा संलग्न भई हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन् – हरिकृष्ण सिलवाल । उहाँ आफ्नो पारिवारिक समस्या र आर्थिक कमजोरीले गर्दा यथेष्ट रुपमा आफ्नो कृतिहरु छपाउने भएको छ । वि.संं २०२८ सालमा मेरो कल्पना कविता संग्रह, वि.सं. २०५८ मनैभरि माया गीतिकविता संग्रह र वि.सं. २...

बधाई दिन असमर्थ छु कमरेड !

बधाई दिन असमर्थ छु कमरेड !
सास फेर्न नसकेर अलिकती अक्सिजनको आश गर्दागर्दै छट्पटिएर मर्न बाध्य मेरा आफन्तलाई श्रद्धाञ्जली दिंदा दिंदै तपाँईलाई बधाई दिन असमर्थ छु कमरेड ! महामारीले थलिएका विरामीका लागी आईसियु र भेन्टिलेटर पाईन्छ कि भनेर गुहार माग्दा माग्दै थकित छु, त्यसैले तपाँईको नियुक्ति र, पुनर्नियुक्तीको ख़ुशीमा सामेल हुन, बधाई दिन र थपडी बजाउन असमर्थ छु कमरेड ! हिजो तपाँईले जित्दा म आफैले जिते झैं ठान्थे ...

फर्केर माटोको झुपडी सजाउ

फर्केर माटोको झुपडी सजाउ
तिम्रा पदचापहरुले बनाएको गोरेटो जसमा टेकेर ताते ताते गर्दै , साहरा खोज्ने गर्थे तिम्रा हस्ताक्षरहरुले बनाएको ब्यान्जन जसलाई चाखेर, म स्वाद र सुगन्धको परिभाषा लेख्ने गर्थे ।।। तिम्रा शब्द आलापले बनाएको स्वर संगम जसको श्रवण पानले मनलाई कर्णद्धारमा भेट्ने गर्थे यो देश तेरो हो , आमा तिम्रो उपदेश हो त जाहाँ जस, छोरा त्यो त परदेश हो ।।। भन्थिर्यौ जननी तिमी , द...