काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन् । शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको बताए ।

शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको बताएका हुन् । शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नपाएको बताए ।

‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छु’, शाहले जारी विज्ञप्तिमा भनेका छन्, ‘आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ ।’

तपाईको प्रतिक्रिया