आज साउने संक्रान्ति, आराध्यदेव शिवबाट के सिक्ने ?
आजबाट साउन महिना सुरु भएको छ । साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ । श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने । चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ । तर चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात शिवको उपासनाको महिना हो ।
साउन शिवको पि्रय महिना हो । किनभने यसले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो ।
भागवत महापुराणमा समुद्र मन्थनको एक कथा छ । देवता र दानव मिले...











