एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न
विराटनगर÷ नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले उपाधिसहित नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने टिम जर्मनीलाई १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो...