सुदूरपश्चिमको रोमाञ्चक जित
काठमाडौँ- पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर (एनपिएल) मा शीर्ष दुईको सम्भावनालाई बलियो बनाएको छ। जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। पोखराले सात खेलमा चार अंक जोड्दै सातौं स्थानमा रहेर लिग सक्काएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा समे...













