यु-१९ महिला विश्वकप एसिया छनोट : नेपाल र थाइल्याण्डको खेल आज
काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनल...














