राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका हुन् ।
बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् । विष्ट खुमलटारका अध्यक्षसमेत हुन् ।...